Skip to main content

Posts

Showing posts from 2020

Buba Saharsachandra darsan 4 sumijaha

" श्रीमद्भागवतमा कलियुगको धर्म (विशेषता) बारे रोचक वर्णन छ । भनिएको छ, कलियुगमा पाखण्डको प्रधानता हुन्छ । राजा–महाराजा (शासक) हरू डाकु–लुटेरा समान हुन्छन् । राजा अत्यन्त निर्दयी एवं क्रूर हुन्छन् । लोभी त यति हुन्छन् कि राजा र लुटेरामा कुनै अन्तर हुँदैन । मनुष्य चोरी, झुट, हिंसा आदि कुकर्मबाट जीविका चलाउँछन् । कलियुगमा जोसँग धन हुन्छ, उही सदाचारी, सदगुणी मानिन्छ । जोसँग शक्ति छ, उसैले धर्म र न्याय व्यवस्थालाई आफूअनुकूल गराउन सक्छ । जो घूस दिन असमर्थ रहन्छ, उसलाई अदालतबाट सही न्याय प्राप्त हुँदैन । जसले जति बढी दम्भ र पाखण्ड देखाउन सक्छ, ऊ त्यति नै बढी साधु कहलिन्छ । (श्रीमद्भागवत, द्वादशकन्ध द्वितीयोध्याय : १–१३ )" ।